नियम ७०
रिजर्भ कोष
समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कर्पोरेशनको कारोवार नियमित रूपले र कुशलतापूर्वक चलाउने, आकस्मिक खर्च चलाउने, ऋण र समितिको अरू दायित्वहरूको हिसाव जाँच गर्ने र समितिले कर्पोरेशनको हितको लागि आवश्यक देखेको अरू प्रयोजनहरूको निमित्त कर्पोरेशनको मुनाफामध्ये उपयुक्त
देखेजतीको अंश रिजर्भ कोषको निमित्त अलग छुट्याउन सक्नेछ । त्यसरी छुट्याइएको विभिन्न रकमहरूलाई समितिले शेयर बाहेक आफुले उचित देखेका अरू लगानीमा लगाउन, समय समयमा त्यस्तो लगानीलाई हेरेर गर्न, उपयोग गर्न र त्यसको सबै वा केही अङ्कलाई कर्पोरेशनलाई हित हुने अरू कामको लागि छुट्याउन सक्नेछ ।